१० खेलाडीमा सीमित रियल मड्रिडको सहज जित

ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सिजनको पहिलो खेलमा जित हात पारेको छ। शनिबार भएको खेलमा सेल्टा भिगोलाई ३-१ ले हराएको हो।

रियल मड्रिडले खेलको १२औं मिनेटमा ग्यारेथ बेलको पासमा करिम बेन्जेमाले अग्रता दिलाएका थियो।

त्यस पछि रियल ५६औं मिनेटमा १० खेलाडीमा सीमित भयो।लुका मोड्रिच रेड कार्ड खादै मैदानबाट बाहिरिए। उनले डेनिस स्वारेजलाई फउल गरेका थिए। रेफ्रीले भिएआर प्रयोग गरी रेड कार्ड दिएका हो।

१० खेलाडीमा सीमित रियलले दोस्रो गोल गरे। टोनी क्रुसले निकै शानदार ढंगले गोल गरे। उनले लामो दूरीबाट हानेको प्रहार गोल भएको थियो ।

त्यसपछि रियलले ८०औं मिनेटमा अग्रता तेब्बर बनायो।लुकास भासक्वेजले गोल गर्दै रियल ३-० को अग्रता लिए । खेलको इन्जुरी समयमा सेल्टाले १ गोल फर्काए पनि खेल रियलले ३-१ ले खेल जित्यो ।