१० खेलाडीमा सिमित सेभियालाई हराउन असफल बार्सिलोना

ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेल बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको हो  ।

सेभियाको मैदानमा सुरुआती अग्रता घरेलु टोलीले बनाएको थियो ।

खेलको ३२ औं मिनेटमा पापु गोमेजले गोल गर्दै सेभियालाई १-० गोलको अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

यस बार्सिलोनाले १८ खेलमा २८ अंक जोडेको छ ।

बार्सिलोना सातौं स्थानमा रहेको छ ।

सेभिया ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।