मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।
पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।
खेलको ४२औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।
यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।
वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।
पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।
बिजेता मोरोक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक पनि बन्न सफल भएको छ ।