£१०८ मिलियन मूल्य रहेको स्टार फोवार्ड रियल म्याड्रिडको मुख्य लक्ष्य

रियल म्याड्रिड लिभरपूलका स्टार फोवार्ड मोहम्मद सलहा साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार रियलले उनलाई साइन गर्न प्रयास गर्ने छ तर रियल सो प्रयास गर्मीको ट्रान्सफर विन्डोमा गर्ने कुरा छ।

धेरै समय देखि मोहम्मद सलहा रियल जान सक्ने चर्चा भएको थियो र केहि समय अघि सलहाले पनि आफु ला लिगामा खेल्न खुला हुने संकेत देखाएका थिए।

खबर अनुसार रियलको चासो उनिमा छ भने लिभरपूलले उनको लागि £१०८ मिलियन सम्मको माग गर्न सक्ने छ। मोहम्मद सलहा लिभरपूलमा धेरै खुसी नरहेको पनि खबर थियो र सो कुरा पछि रियलको निगरानी उनि माथि जारी छ।

रियलका कोच जिदान पनि मोहम्मद सलहाको खेलबाट प्रभावित छन् भने अर्को विन्डोमा रियलले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।