£१०० मिलियन मूल्य रहेको स्टार मिडफिल्डर भित्राउने मुख्य दाबेदार रियल म्याड्रिड

डर्टमन्डका युवा स्टार मिडफिल्डर जुड बेलिङ्घमलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा ला लिगा क्लब रियल म्याड्रिड रहेको जानकारी छ ।

रिपोर्ट अनुसार २०२३मा जुड बेलिङ्घमलाई बेच्न डर्टमन्ड तयार हुने छ र उनलाई साइन गर्ने रियल म्याड्रिड धेरै इच्छुक रहेको छ र बेलिङ्घमलाई रियलले आफ्नो प्राथमिकता बनाएको पनि जानकारी छ।

जुड बेलिङ्घमको खेल जर्मन लिगमा धेरै राम्रो रहेको छ जसको कारण धेरै क्लबहरूको नजर उनी माथि रहेको छ। ला लिगा क्लब रियल म्याड्रिडले उनलाई २०२३मा आफ्नो मुख्य प्राथमिकता बनाएको जानकारी रहेको बेला चेल्सी, लिभरपुल र म्यान सिटी पनि उनलाई भित्राउने प्रतिस्पर्धामा रहेको छ।

उनलाई बेच्न जर्मन डर्टमन्ड क्लब तयार हुने रिपोर्ट रहेको छ तर उनको लागि डर्टमन्डले £१०० मिलियन सम्म माग्न सक्ने खबर छ जसको कारण उक्त प्रतिस्पर्धा रोमाञ्चक हुने छ।

लिभरपुलका कोच क्लोप र सिटीका कोच पेप दुवै जुड बेलिङ्घमको निकै ठुलो फ्यान रहेका छन् भने उनलाई आफ्नो क्लबमा भित्राउन दुवैले कडा प्रयास गर्ने जानकारी रहेको बेला उक्त दौडमा चेल्सी र रियल पनि आफ्नो पूर्ण प्रयास गर्ने योजनामा हुने छ।

युवा मिडफिल्डर जुड बेलिङ्घमले हाल सम्म जर्मन क्लबको लागि १०४ खेल खेल्दै १५ गोल र २० असिस्ट गरेका छन्।

२०२०मा बर्मिंघम सिटीबाट जर्मन क्लब बोरुसिया डर्टमन्डमा पुगेका थिए र उनको खेल निकै राम्रो रहेको छ। डर्टमन्डमा केही समय भित्रनै युवा स्टारले आफूलाई डर्टमन्डको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गरेका छन्।

१९ वर्षका युवा स्टारको नाम रियल म्याड्रिड, लिभरपुल, चेल्सी र म्यान सिटी सहित म्यानचेस्टर युनाइटेड सँग पनि जोडिने गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ