£१०० मिलियन मूल्य रहेको मिडफिल्डर साइन गर्न इच्छुक म्यान्चेस्टर युनाइटेड

म्यान्चेस्टर युनाइटेड अझै पनि एस्टोन एस्टन भिल्लाका स्टार मिडफिल्डर ज्याक ग्रेलीश साइन गर्न इच्छुक छन्।

युनाइटेड यो सिजन सुरु हुने अगाडी देखि उनि माथि इच्छुक थिए सो समय भिल्लाको माग £४० मिलियन मात्र रहेको थियो तर ग्रेलीशको प्रदर्शन लिगमा निकै उत्कृष्ट रहेको छ र हाल एस्टन भिल्लाले उनको लागि £१०० मिलियनको माग गर्ने खबर छ।

यो सिजन ज्याक ग्रेलीशको ५ गोल र ८ असिस्ट रहेको छ र उनि माथि ठुलो क्लबहरुको नजर परेको छ।

अन्य नाम नखुलेको क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ भने प्रिमियर लिगका युनाइटेड र आर्सेनल उनलाई साइन गर्न इच्छुक छन्।