£१०० मिलियन मूल्य रहेको मिडफिल्डर साइन गर्न चेल्सी इच्छुक

Soccer Football - Premier League - Wolverhampton Wanderers v Chelsea - Molineux Stadium, Wolverhampton, Britain - December 15, 2020 Chelsea's Olivier Giroud celebrates scoring their first goal with teammates Pool via REUTERS/Rui Vieira EDITORIAL USE ONLY. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 75 images, no video emulation. No use in betting, games or single club /league/player publications. Please contact your account representative for further details.

चेल्सी हाल नयाँ मिडफिल्डर साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार ब्लुज वेस्ट ह्यामका डेक्लन राइस साइन गर्न इच्छुक रहेको छ।

चेल्सी गत सिजनको सुरु देखिनै २२ वर्षका मिडफिल्डर साइन गर्न इच्छुक रहेको थियो तर चेल्सी र वेस्ट ह्याम बिच सम्झौता हुन सकेको थिएन। हाल खबर अनुसार चेल्सी डेक्लन राइस साइन गर्न इच्छुक छ तर उनको लागि वेस्ट ह्यामले £१०० मिलियन भन्दा धेरै माग्ने जानकारी छ।

पूर्व कोच फ्रयान्क लाम्पार्ड उनको ठुलो फ्यान थिएँ भने उनले डेक्लन राइसलाई साइन गर्न धेरै जोड दिएका थिए भने हाल नयाँ कोच टुचेल पनि उनको खेलबाट प्रभावित छन् र उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

म्यानचेस्टर युनाइटेडको नजर पनि उनी माथि रहेको जानकारी छ र युनाइटेडले वेस्ट ह्याममा उनको अवस्थाको अनुगमन गर्दै गरेको खबर छ र उनलाई साइन गर्न युनाइटेडले चेल्सी सँग प्रतिस्पर्धा गर्न सक्ने छ।

डेक्लन राइस पनि क्लब छोड्न इच्छुक रहेको देखिन्छ। वेस्ट ह्यामले उनलाई गरेको सम्झौता विस्तारको प्रस्ताव उनले दुई पटक अस्विकार गरेका छन्। उनलाई साइन गर्न चाहे १०० मिलियन भन्दा बढी तिर्न पर्ने वेस्ट ह्यामका कोच डेभिड मोयेसले बताएका छन्।