£१०० मिलियन मूल्य रहेको मिडफिल्डर साइन गर्ने तयारीमा चेल्सी

चेल्सी हाल नयाँ मिडफिल्डर साइन गर्ने तयारीमा रहेको खबर छ। खबर अनुसार चेल्सी वेस्ट ह्यामका डेक्लन राइस साइन गर्न इच्छुक छन्।

चेल्सी सिजनको सुरु देखि २१ वर्षका मिडफिल्डर साइन गर्न इच्छुक थिए तर चेल्सी र वेस्ट ह्याम बिच सम्झौता हुन सकेको थिएन। हाल खबर अनुसार चेल्सी डेक्लन राइस साइन गर्न इच्छुक छन् तर उनको लागि वेस्ट ह्यामले £१०० मिलियन भन्दा धेरै माग्ने कुरा छ।

खबर अनुसार उनलाई साइन गर्न चेल्सी आफ्नो केही खेलाडीहरू पनि बेच्ने छ। चेल्सीले अहिले सम्म वेस्ट ह्यामका डेक्लन राइसको लागि कुनै प्रस्ताव पठाएको छैन र खबर अनुसार चेल्सीले आफ्नो ४ खेलाडीहरू अफ लोड गरे पछि उनलाई साइन गर्न प्रयास गर्ने छन्।

डेक्लन राइसको मूल्यको बारे भने अहिले धेरै चर्चा हुँदै गरेको छ। चेल्सीले उनलाई साइन गर्न चाहे १०० मिलियन भन्दा बढी तिर्न पर्ने वेस्ट ह्यामका कोच डेभिड मोयेसले बताएका छन्।