१०० मिलियन जोगाउन जुलाईपछि मात्रै ग्रिजम्यानसँग सम्झौता गर्दै बार्सिलोना, जुलाई १ सम्मको मूल्य २०० मिलियन

एटलेटिको म्याड्रिडका सिइओ मिगल एन्जल गिलले बार्सिलोनाले ग्रिजम्यानलाई दुई महिनादेखि लगातार पिछा गरिरहेको भन्दै उसको यो हर्कतले दिक्क भएको बताएका छन्।

सन २०२२ सम्मको सम्झौता गरि एटलेटिको म्याड्रिडबाट खेल्दै आएका २७ वर्षे फ्रान्सेली स्टार ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनाले हर सम्भव प्रयास गरेको पनि उनले दावी गरेका छन्।

ग्रिजम्यानको रिलिज क्लज जुलाई १ सम्म २०० मलियन युरो तोकिएको छ। तर बार्सिलोनाले ठिक आधा रकम अर्थात १०० मिलियन युरो तिरेर ग्रिजम्यानलाई क्याम्प नेउमा भित्र्याउने तयारी गरिरहेको छ।

बार्सिलोनाले फिफाको कार्बाहीबाट बच्न कानुनी परामर्समा पनि लामै समय खर्चिएको छ। अहिले बार्सिलोनाले उसका वकिलहरुलाई सोध्ने गरेको छ, ‘के जुलाई १ पछि ग्रिजम्यान सँग सम्झौता गर्दा फिफाको कार्बाही बाट बच्न सकिन्छ?’
जुलाई १ पछि सम्झौता गर्दा ग्रिजम्यानको रिलिज क्लज २०० मिलियन युरोको समयअवधि सकिनेछ। त्यस्तो बेलामा बार्सिलझनाले अरु क्लवले तिर्न सक्ने मूल्यभन्दा बढी र अहिलेको रिलिज क्लज २०० मिलियन भन्दा कम मूल्यमा ग्रिजम्यानलाई अनुबन्ध गर्ने सोच बनाएको छ।

फ्रान्सको राष्ट्रिय टोलिका सदस्य ग्रिजम्यान सन २०१४ देखि एटलेटिको म्याड्रिडमा आवद्ध छन्। उनले फ्रान्सको लागि २७ गोल गर्दै यो सिजन सबैखाले प्रतियोगितामा गरेर ४२ गोल गरिसकेका छन्।

ग्रिजम्यानले गत वर्ष इङ्लिस क्लव म्यानचेस्टर युनाइटेड जाने अन्तिम तयारी गरेपनि सन २०२२ सम्मका लागि एटलेटिको सँगै सम्झौता नविकरण गरेका थिए।
ग्रिजम्यान एटलेटिकोमै बस्ने वा बार्सलोना जाने भन्ने यहि फिफा विश्कप अघिनै निर्णय गर्न सक्ने विश्वास गरिएको छ।