ह्यारी मग्वाइर माथि जोर्डन पिकफोर्डको यस्तो ‘कराटे किक’

प्रिमियर लिगमा एभरटन र म्यान्चेस्टर युनाइटेड बीच भएको खेलमा एभरटनका गोलकिपरले फेरी पनि विवादास्पद ‘किक’ गरेका छन्।

उनकै खराब ट्याकलको कारण लिभरपूलका स्टार डिफेन्डर भ्यान डाइक चोटग्रसित भएका थिए र सो घटना पछि उनको धेरै आलोचना भएको थियो भने हाल फेरी उनले युनाइटेडका डिफेन्डर ह्यारी मग्वाइर माथि निकै खतरनाक किक गरेका छन्।

डि-बक्स भित्र एभरटनका गोलकिपरको हातबाट बल चिप्लिए पछि बल ह्यारी मग्वाइरको खुट्टामा पुग्न गएको थियो र उनि बललाई नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा उक्त बललाई क्ल्यर गर्ने प्रयासमा जोर्डन पिकफोर्डले ह्यारी मग्वाइरलाई नै किक हान्न पुगे।

उक्त किकको विरोधमा युनाइटेडका खेलाडीहरुले पेनाल्टी मागे तर रेफरीले सो खतरनाक किक बावजुद पेनाल्टी दिएनन्।

उक्त खेल भने युनाइटेडले ३-१ले जितेको छ र हाल सामाजिक संजालमा ह्यारी मग्वाइर माथि जोर्डन पिकफोर्डको ‘कराटे किक’ बारे चर्चा हुदै छ र धेरैले सोबाट युनाइटेडले पेनाल्टी पाउन पर्ने गुनासो गर्दै छन्।