ह्यारी केन माथी युभेन्टसको नजर

एजेन्सी, इटालीयन क्लब युभेन्टस टोटनह्यमका इङलिस स्टार फर्वार्ड ह्यारी केन भित्र्याउन इच्छुक देखिएको छ। रिपोर्टका अनुसार युभेन्टसका नवनियुक्त प्रशिक्षक मासिमिलियानो अलेग्री आफ्नो टोलीमा नयाँ स्ट्राइकर भित्र्याउन इच्छुक छन् र यो ट्रान्सफर सिजन क्लबमा केन भित्र्याउन प्रयास गर्नेछन्।

युभेन्टसमा हाल एट्लेटिको मड्रिडबाट लोनमा रहेका एल्भारो मोराटा थप एक सिजन युभेन्टसमै बस्ने टुंगो लागिसकेको हुनाले अर्को फर्वार्डको आवस्यकता भने युभेन्टसमा देखिएको छैन। यसका साथसाथै युभेन्टस हाल आर्थिक रूपमा कम्जोर रहेको मानिएको छ र केनका लागी उच्च रकम तथा पारिश्रमिक तिर्नुपर्ने हुँदा युभेन्टसले केन भित्र्याउन नसक्ने आंकलन गरिएको छ।
२७ वर्षका केनको मुल्य १५० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ। उनी हाल २०२४ सम्म का लागि टोटेन्ह्याममा अनुबन्धित छन्। केनले टोटेन्ह्यामका लागि ३३६ खेलमा २२१ गोल गरि सकेका छन्।