प्रिमियर लिग टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केन यो सिजनको अन्त्य भए पछि क्लब छोड्न इच्छुक रहेका छन्।
केन क्लब छोड्न तयार रहेको बेला उनलाई साइन गर्न धेरै क्लब इच्छुक रहेको जसमा टोटेनह्यामको लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड पनि रहेको छ भने आफ्नो प्रत्यक्ष प्रतिद्वन्द्वीलाई आफ्नो स्टार खेलाडी बेच्न भन्दा उनलाई ला लिगा क्लब रियल म्याड्रिडमा पठाउन टोटेनह्याम इच्छुक हुने जानकारी छ।
🚨 Real Madrid have been offered the chance to sign Tottenham striker Harry Kane this summer in a deal that could see Eden Hazard go the other way.
(Source: @Mirrorfootball) pic.twitter.com/JNlnxZ8bIG
— Transfer News Live (@DeadlineDayLive) May 26, 2023
रिपोर्ट अनुसार टोटेनह्याम आफ्नो स्टार स्ट्राइकर केनलाई रियल म्याड्रिडमा पठाएर रियल म्याड्रिडका खेलाडी इडेन हाजार्ड साइन गर्न इच्छुक रहेको छ।
रियल म्याड्रिडले २०१९मा चेल्सीबाट हाजार्डलाई अनुबन्ध गर्न €११५ मिलियन र केही बोनस तिरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन सकेको छैन र चोटको कारण धेरै जस्तो समय उनी मैदान बाहिर रहे भने रियल अब उनलाई बेच्ने तयारीमा रहेको छ।
ह्यारी केन टोटेनह्याममा उपाधि जित असफल रहेका छन् जसको कारण उनी क्लब छोड्न तयार रहेका छन् र रिपोर्ट अनुसार ह्यारी केन दिएर इडेन हाजार्ड साइन गर्न टोटेनह्याम इच्छुक हुने छ।
रियलमा हाजार्डको फम खराब रहे पनि उनी सँग राम्रो प्रिमियर लिग अनभव रहेको छ जुन स्पर्सको लागि उपयोगी हुन सक्ने छ भने स्पर्स आफ्नो आफ्नो सुपरस्टार खेलाडी केनलाई प्रत्यक्ष प्रतिद्वन्द्वी क्लबमा खेल्न पनि रोक्न सफल हुने छ।