ह्यारी केन टोटेन्ह्याम छाड्न इच्छूक

एजेन्सी, इङ्ल्याण्ड तथा टोटेन्ह्याम हटस्परका फर्वार्ड ह्यारी केनले क्लबलाई आफुले छाड्न चाहेको कुरा प्रष्ट पारेका छन्। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटि र चेल्सी उनलाई भित्र्याउने डौडमा अगाडी छन्। 

रिपोर्टका अनुसार टोटेन्ह्याम हटस्पर आफ्ना स्टार खेलाडी बेच्न नचाहेता पनि केनले क्लब छाडेको खण्डमा नयाँ खेलाडीको खोजीमा छ। रिपोर्टका अनुसार ह्यारी केन भने प्रेमियर लिगमा नै बस्न खोजिरहेका छन् र आउँदो युरो अगाडि नै आफ्नो भविष्य बारे निर्णय लिन चाहान्छन्।
उनी हाल २०२४ सम्म का लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनको मुल्य १०० मिलियन पाउन्ड भन्दा बढी नै रहेको आंकलन गरिएको छ। २७ वर्षका ह्यारी केनले टोटेन्ह्यामका लागि ३३४ खेलमा २२० गोल गरि सकेका छन्।