ह्यारी केन टोटनह्यामको प्रशिक्षणमा अनुपस्थित

एजेन्सी, इङलिस क्लब टोटनह्याम हट्स्परका इङलिस स्टार खेलाडी ह्यारी केन हाल सम्म पनि क्लबको प्रशिक्षणमा फर्किएका छैनन्। रिपोर्टका अनुसार युरो २०२० पछि बिदामा रहेका केन आज प्रशिक्षणमा फर्किनु पर्ने भएता पनि हाल सम्म प्रशिक्षणमा फर्किएका छैनन्।

इङलिस स्टार खेलाडी केन टोटनह्याम छाड्न इच्छुक रहेकाले प्रशिक्षणमा नफर्किएको देखिएको छ। रिपोर्टका अनुसार केन टोटनह्याम छाड्न इच्छुक रहेता पनि क्लब भने उनलाई बेच्न इच्छुक छैनन्। यस ट्रान्सफर सिजनको सुरुवातमा अर्का इङलिस क्लब म्यान्चेस्टर सिटिले उनका लागि गरेको १०० मिलियन पाउन्डको प्रस्ताव टोटनह्यामले अस्विकार गरेको भनिएको थियो।
२८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनले टोटेन्ह्यामका लागि ३३६ खेलमा २२१ गोल गरि सकेका छन्।