ह्यारी केनले पेनाल्टी मिस गर्दा एम्बाप्पेको यस्तो हास्यास्पद प्रतिक्रिया

२०२२ फिफा विश्व कपमा शनिवार राति अन्तिम क्वाटरफाइनलमा इङ्गल्यान्ड र फ्रान्स बिचको रोमाञ्चक खेलमा फ्रान्सले २-१को जित हासिल गरेको थियो।

उक्त रोमाञ्चक खेलको अन्तिम समयमा खेल बराबरीमा लग्ने इङ्गल्यान्डलाई राम्रो मौका रहेको थियो तर ह्यारी केनले पेनाल्टी मिस गरेको थियो भने उक्त पेनाल्टी मिसमा फ्रेन्च स्टार एम्बाप्पेको हास्यास्पद प्रतिक्रिया हाल धेरै भाइरल हुँदै गएको छ।

खेलको ८४ औँ मिनेटमा फ्रान्स सँग २-१को अग्रता रहेको बेला इङ्गल्यान्डले खेलमा दोस्रो पेनाल्टी पाएको थियो, पहिलो पेनाल्टीमा गोल गरेका ह्यारी केनले दोस्रो पेनाल्टी भने मिस गरे र उक्त मिस पछि फ्रेन्च स्टार एम्बाप्पेले आफ्नो खुसी लुकाउन सकेनन् ।

उक्त पेनाल्टी मिस पछिको एम्बाप्पेको हास्यास्पद प्रतिक्रिया क्यामेरामा कैद भयो जुन हाल निकै भाइरल हुँदै गएको छ ।

रोमाञ्चक खेलको १७औँ मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७८औँ मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन् ।

खेलको ८४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

त्यसपछि दुवै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २-१ ले विजयी भयो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ