ह्यारी केनले क्लब छोड्न सक्ने

टोटनह्यामले आउँदो गर्मीमा स्टार स्ट्राइकर ह्यारी केनलाई गुमाउने सम्भावना खबर आएको छ।

खबर अनुसार स्पर्सले यो सिजन ट्रफी जित्न असफल भए र च्याम्पियन्स लिगमा क्वालिफाइ हुन नसके ह्यारी केनले क्लब छाड्ने छन्।

स्पर्सको प्रदर्शन हाल राम्रो रहेको छैन, र हाल यस समयमा ५ अंकको दूरीले चौथो स्थानको बाहिर छ, च्याम्पियन्स लिगमा पनि राउन्ड अफ १६को पहिलो लेगको खेल पछि आरबी लाइपजिग संग १-०ले पछि रहेको छ र च्याम्पियन्स लिगबाट नकआउट हुने सम्भावना रहेको छ।

जोसे मोरिन्होको पक्ष अझै एफए कपमा छन्, र लिगको धेरै खेल बाकी छ, केनलाई गुमाउनु पक्कै पनि क्लब र मोरिन्होको लागि ठुलो क्षति हुने छ।

ह्यारी केन पक्कै पनि आफ्नो खेल जीवनमा उपाधि जित्न चाहन्छन र यो सिजन पनि उनको क्लब खाली हात रहे उनले क्लब छोड्न सक्ने सम्भावना निक्कै धेरै रहेको खबर छ, उनि माथि धेरै क्लबले चासो दिएका छन्। रियल र बार्साले पनि उनलाई साइन गर्न सक्ने खबर छ।

उनको मूल्य भने £१५० हुने कुरा छ।