ह्यारी केनलाई बार्सिलोना वा रियल म्याड्रिडमा जान आग्रह

पूर्व लिभरपुल मिडफिल्डर ग्रिम सोनेसले ह्यारी केनलाई ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा टोटनह्याम छोड्न आग्रह गरेका छन्।

स्पर्समा ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट रहको छ भने उनी विश्वको सबैभन्दा उत्कृष्ट स्ट्राइकरहरू मध्ये एक बन्न सफल भएका छन्। उनले स्पर्सको लागि धेरै असिस्ट र गोल गरेका छन् तर उनले क्लब सँग कुनै उपाधि भने जित्न सफल भएका छैनन् ।

२७ वर्षका स्ट्राइकर स्पर्सको मुख्य भाग बनेका छन् तर उनले आफ्नो उपाधि जित्ने इच्छा स्पष्ट राखेका छन्। हाल लिभरपुलका लेजेण्ड ग्रिम सोनेसले उनलाई बार्सिलोना, रियल म्याड्रिड वा म्यानचेस्टर सिटी जान आग्रह गरेका छन्।

सौनेस विश्वास गर्दछन् कि उनले चाँडै नयाँ चुनौती लिन पर्छ अन्यथा उनी ढिलो हुने छन्। “यदि उनीहरू शीर्ष चारमा पुग्न असफल भए वा यदि उनीहरूले उपाधि जित्न असफल भए, केन नयाँ क्लबमा जानु पर्छ, उनले आफ्नो एजेन्टसँग नयाँ क्लबको ’boutमा बोल्नु पर्ने हुने छ” ग्रिम सोनेसले टाइम्सलाई भने।

“स्पर्सले सिटीलाई लिग कपमा जिते पनि उनले नयाँ जाने विचार गर्न सक्छन्। उनी २८ वर्षका हुन्छन्, र स्पर्सलाई आफ्नो व्यक्तिगत प्रयासमा मद्दत गर्ने समय सकिएको छ। र ती व्यक्तिगत प्रयासहरू विश्व स्तरीय रहेको छ।

“बार्सिलोना, बायर्न म्युनिख, रियल म्याड्रिड, म्यानचेस्टर सिटी – उनी त्यस्ता कुनै पनि टोलीको सुरुवात लाइनमा सजिलो सँग पर्न सक्छन् । अवसरलाई उनले लिनु पर्छ किन भने त्यो सीमित हुन्छ।”