ह्यान्सी फ्लिक जर्मन टिमको प्रशिक्षकमा नियुक्त

एजेन्सी, जर्मनी राष्ट्रिय टिमको प्रशिक्षकमा ह्यान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाओचिम लोले युरो पछी टोली छोड्ने घोषणा गरिसकेको छ। ह्यन्सी फ्लिकले युरो पछी टिमको प्रशीक्षक बन्ने छ। उन्ले तीन बर्षको सम्झौता गरेको छ।

फ्लिकले गत महिना सिजनको अन्तिममा बायर्न छोड्ने घोषणा गरेका थिए। उन्ले पहिला पनि जर्मन राष्ट्रिय टिमका लागि काम गरिसकेका छन। लोको सहायक बनेर ८ बर्ष बिताएका थिए।

बायर्नले उन्को प्रशिक्षणमा गत सिजन ६ वटा उपाधी जितेका थिए।

फ्लिक राष्ट्रिय टिमको प्रशिक्षक हुनुमा खुशी रहेको बताए उन्ले भने “सबै कुरा यती छिटो भयो बिशेष गरी सम्झौता। म जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक हुनुमा एकदम खुशी छु “।

लोले राष्ट्रिय टिम छोड्ने पक्का भैसकेको छ। लोकै प्रशिक्षणमा जर्मनीले २०१४ विश्व कप जितेका थिए।