“ह्याजार्ड फिर्ता हुने मिति थाहा छैन”

रियल म्याड्रिडका प्रशिक्षक जिदानले आफु ह्याजार्डको चोटपटकको समस्याले निराश भएको स्वीकार गरेका छन्।

चोटबाट फर्किने क्रममा रहेका ह्याजार्ड फेरी चोटग्रसित भएका छन् र ३ देखि ४ हप्ता सम्म उनि मैदान बाहिर हुन सक्ने खबरले जिदान खुसी छैनन्।

ह्याजार्डको नयाँ चोटको बारे कुरा गर्दै जिदानले बताए “यो मांसपेशि चोट हो। “उक्त चोट बाहेक उनि ठीक छन्। ”

“म पक्का रुपमा भन्न सक्दिन कि उनि कति समय सम्म मैदान बाहिर हुनेछन् ।

“यो एक मांसपेशी संकुचन जस्तै हो, र त्यो भन्दा बढि होइन। खेलाडीहरुलाई यस्तो हुन सक्छ।

“नयाँ चोटको कारण उनि केहि दु: खी छन् किनभने उनि चोटबाट फर्किने क्रममा थिए र उनि खेलमा फर्किन तयारीमा थिए”