ह्यजार्ड चेल्सी फर्किने मनस्थितिमा

एजेन्सी, रियल म्याड्रिड विङ्गर एडिन ह्यजार्डको जारी सिजन बिर्सनलायक रह्यो। पटक पटक चोटका कारण मैदान बाहिर रहनु पर्दा खेल गुमाउनु पर्यो नै तर प्रदशन पनि सोचे अनुरुप हुनसकेन। रियलमा जम्न नसके पछि उनी चेल्सी फर्कने तयारीमा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ।

ह्यजार्डको रियलमा दुई सिजन सकिदा समर्थकहरुको मन जित्न असमर्थ रह्यो। चोटकै कारण जिदानको टिममा सिमित खेल मात्र खेले उन्ले।

स्पेनिश पत्रकार एदु एगुइरीका अनुसार ह्यजार्डले सोचेको जस्तो प्रदशन रियलमा दिन नसके पछि चेल्सी फर्किने योजना बनाएको बताए।

किलियन एम्बाप्पे रियक म्याड्रिड आएको खण्डमा ह्यजार्ड बेन्चमा रहने सम्भावना धेरै छ।

ह्यजार्ड २०१९ मा चेल्सीबाट रियल म्याड्रिड १०० मिलियन युरोमा आएको थियो। यो अवधीमा ४३ खेलमा ५ गोल गरेका छन।