हेलिकप्टर दुर्घटनामा अमेरिकी बास्केटबल स्टार कोबे ब्रायन्टकाे मृत्यु

अमेरिकाको क्यालिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा अमेरिकी बास्केटबलका दिग्गज कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जना मारिएका छन् ।

लस एन्जेलसका प्रहरी अधिकारीका अनुसार दूर्घटनामा कोहि पनि जीवित नरहेको बताइएको छ । दूर्घटनामा परि मारिएका ब्रायन्ट अमेरिकी बास्केटबल इतिहासमा सबैभन्दा ठूलो खेलाडी मध्ये एक मानिन्थे ।

अमेरिकी राष्ट्रिय बास्केटबल संघले विज्ञप्ति जारी गर्दै कोबे ब्रायन्ट र उनकी छोरी जियानाको दुर्घटनामा निधनभएको पुष्टि गरेको थियो ।