एजेन्सी, इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्ट्सले अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो ।
तर, खेलको ७७ औं मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाएका थिए ।
यस बराबरीसँगै युभेन्ट्सले शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ ।
युभेन्ट्स २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।