हेर्नुहोस २०२०/२१ सिजनको १०० उत्कृष्ट गोलहरू

अधिकांश युरोपेली र विश्व फुटबलको लिगहरू हाल सकेको छ र २०२०/२१को सिजन पनि स्टेडियममा फ्यान बिना सुरु भयो भने युरोपियन फुटबलमा फ्यानहरूको वापसी सुरु भएको छ।

२०२०/२१ पनि स्टेडियममा फ्यानहरू बिनाको फुटबलको एक अनौठो सिजन रह्यो भने यो सिजन पनि धेरै गोलहरू भएको छ भने हाल एक युट्युब च्यानलले २०२०/२१को सिजनको १०० उत्कृष्ट गोलहरूको भिडियो पोस्ट गरेका छन् र उक्त भिडियोमा २०२०/२१मा भएको धेरै उत्कृष्ट गोलहरू हेर्न सक्नु हुने छ।

उक्त भिडियो विश्व भरिको फुटबल लिगमा भएको गोलहरू रहेको छ तर सो भिडियोमा युरोपियन लिगहरूको प्रभुत्व रहेको छ।

Noteliciouxले पोस्ट गरेको उक्त भिडियो हाल भाइरल हुँदै गएको छ भने सो भिडियोमा अहिले सम्म १ लाख भन्दा बढी भ्यु रहेको छ। उक्त भिडियोमा रोनाल्डो, मेस्सी, एम्बाप्पे र अन्य ठुला स्टारहरू देखि धेरै प्रख्यात नरहेका खेलाडी र क्लबहरूको पनि गोल देख्न सकिन्छ।

२०२०/२१को धेरै जस्तो घरेलु लिग अन्त्य भए पनि हाल क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल भने हुन बाँकी रहेको छ।