काठमाडौं, ललितपुरका थ्री स्टार क्लबले आसन्न ए डिभिजन लिगका लागि हेमन्त थापा मगरलाई अनुबन्ध गरेको छ । हेमन्तलाई थ्री स्टारले दुई बर्षको सम्झौता गरेको छ ।
उनले नेपाललाई १३ साग जिताउन टिमका लागि महत्वपूर्ण भुमिका खेलेका थिए ।
हेमन्तले नेपालका विभिन्न युवा टिमबाट अन्तर्राष्ट्रिय फुटबल खेलिसकेका छन ।
अघिल्लो सिजन हेमन्तले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।
एन्फाले ए डिभिजन लिग कार्तिक २९ गतेबाट काठमाडौंमा आयोजना गर्दैछ ।