हेनरी बार्सिलोनाको प्रशिक्षक बन्न योग्य

बार्सिलोना व्यवस्थापनका केही सदश्यहरुले भल्भर्डेले छोडेमा थेउरी हेनरीलाई नियुक्त गर्नु पर्ने धारणा अघी सारेका छन, स्पेनिश प्रेस डेरियो स्पोर्टले भने।

हेनरी आर्सेनलसँग आठ बर्ष बिताए पछि २००७ देखि २०१० सम्म बार्सिलोनामा तीन सिजन खेले। २००९ मा, जब उनी ला लिगा, कोपा डेल रे र यूईएफए च्याम्पियन लिग जिते तब उनी क्लबको ऐतिहासिक टोलीको अभिन्न हिस्सा थिए। उनले सुपरकोपा डे एस्पा, युईएफए सुपर कप र फिफा क्लब विश्व कप जितेर अभूतपूर्व सेक्स्टपल हासिल गरे।

जब उन्ले २०१४ मा सन्यास लिए, हेनरी कोचिंगमा आफुलाई समर्पित गरे पछि २०१६ मा बेल्जियमको साहायक प्रशिक्षकको भूमिकामा देखिए। त्येस पस्चात उन्ले २०१८ मा मोनाकोको मुख्य प्रशिक्षक भएर काम गरे तर केही महिना नबित्दै उन्लाई क्लबले बिदा गरे। उनी हाल मोन्ट्रियल इम्पक्टमा आफ्नो प्रशिक्षण दिदै छन।