हृदयाघात पछि गोलकिपर क्यासिलास पुर्न मैदानमा

गोलरक्षक इकर क्यासिलास हृदयाघात भएको २ महिना पछि फेरि प्रशिक्षणमा फर्केको छ ।

मेए १ मा प्रशिक्षणकै क्रममा हृदयाघात भएपछि उनलाई हस्पिटल लगिएको थियो र ५ दिन पछि उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको थियो ।

धेरै रिपोर्टसहरुका अनुसार उनले सन्यास लिनेे छ र अब फेरि खेल मैदानमा देखिने छैन भन्ने खबरहरु आएपनि उनी हिजो पोर्टोको प्री सिजनको पहिलो प्रशिक्षणमा देखा परेको थियो ।

क्यासिलासले आफ्नो टुइटर मार्फत ‘फेरि काममा, पहिलो दिन’ लेख्दै उनी प्रशिक्षणमा फर्केको पुष्ठि गरेका छन ।