हिजोको जित संगै साफमा प्रशिक्षक बाल गोपाल महर्जनले बनाए विशेष किर्तिमान

साफ सुजुकी कपतर्फ शनिबार बंगलादेशलाई हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले एक विशेष उपलब्धी हात पारेका छन् ।

शनिबारको त्यो नतिजासँगै नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलमा पर्याउने महर्जन पहिलो नेपाली प्रशिक्षक बनेका छन् । साफमा नेपालको यो चौथो सेमिफाइनल समेत हो । यसअघि नेपालले सन् १९९९, २०११ र २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यी तीनै पटक नेपालका प्रशिक्षक बिदेशी थिए ।