टर्कीको फुटबल लिगमा इस्तानबुल र शिवास्पोर बीचको खेल हेर्न दर्शकलाई गार्हो निकै गार्हो भएको थियो।
It was snowing in Istanbul during the Basaksehir – Sivasspor game and Sivasspor thought wearing white would be a good idea. Yes, there are actually two sides in this photo – look closely and Sivasspor players are there. 💆🏻♂️💆🏻♂️💆🏻♂️ pic.twitter.com/LBV1Zi14Fp
— Çetin Cem Yılmaz (@cetincem) January 16, 2021
सिवस्स्पोरले सेतो जर्सी लगाउने निर्णय लिए पछि टिभीमा खेल हेर्ने दर्शकहरु चकित हुन पुगे जब टिभीमा शिवास्पोरका खेलाडी देख्न दर्शकहरुलाई लगभग असम्भव रह्यो।
खेलको २०औ मिनेटमा हिउँ पर्न सुरु भएको थियो र मैदान भरि हिउँ भए पछि सेतो जर्सी लगाउने खेलाडीहरु अदृश्य हुन पुगे।
On another hilarious note, snow started to fall around the 20th minute of the Basaksehir-Sivasspor game.
Start of the second half the pitch was pretty much painted white, for some reason Sivas are playing with their home kit which is white and packed no other kits. pic.twitter.com/1MomI2X9Zp
— Yakup Marufoglu (@MarufogluYakup) January 16, 2021
दोस्रो हाफ पछि पिच पूरै सेतो थियो र शिवास्पोरका खेलाडीहरुलाई देख्न लगभग असम्भव थियो भने बल पनि देख्न गार्हो रहेको थियो हिउँ परेको समय प्रयोग हुने प्रख्यात सुन्तला रंगको बल पनि प्रयोग गरिएको भेटिएन।
खेल १-१को बराबरीमा अन्त्य भएको थियो र सो खेल हेर्ने दर्शकले सामाजिक संजालमा खेलाडी देख्न गार्हो भएको गुनासो गरे भने सो बारे हाल धेरै ट्रोल पनि बन्न सुरु भएको छ।