“हाल हामी लिग जित्ने कल्पना गर्न सक्दैनौं।”

लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भए । लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरेका थिए र हार पछि रेड्सका कोच क्लोपले हाल आफुले लिग जित्ने कल्पना गर्न नसक्ने बताए।

क्लोपले बीबीसी स्पोर्टलाई भने “यो हार हाम्रो अनुहारमा विशाल, ठूला मुक्का हो, यो मेरो जिम्मेवारी हो, त्यो सजिलो स्पष्टीकरण हो।

“हामीसँग बल धेरै थियो, केहि मौका सिर्जना भए पनि हामी गोल गर्न असफल भयौं। त्यसले खेल खुला राख्छ र त्यसपछि उनीहरूले पेनाल्टी पाए- एलिसनले मलाई आफुले फाउल नगरेको बताए, तर मैले त्यो घटना फेरी हेरिन।

“यो अब अरुलाई दोष दिने कुरा होइन, हामी एकसाथ फेरी फर्किनु पर्छ। फुटबलमा तपाईसँग धेरै समय हुँदैन। हामीले धेरै प्रयास गर्‍यौं।

“हामी यस समय शीर्षक दौड कल्पना गर्न सक्दैनौं।”