हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट फरवार्डहरूको नाम सार्वजनिक

प्रसिद्ध बेलायती फुटबल म्यागेजिन फोर-फोर-टुले हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट फरवार्डहरूको सुची तयार गरेको छ।

हाल खेलाडीहरूको प्रदर्शन, फम र आफ्नो क्लबमा प्रभावको आधारमा सो सुची तयार गरेको फोर-फोर-टुको दाबी छ।

उक्त सुचीको शीर्ष स्थानमा पिएसजीका स्टार नेमार पर्न सफल भएका छन्। उनको हाल खेल निकै राम्रो रहेको छ भने पिएसजीलाई युरोपको सेमी फाइनल पुग्न उनले मद्दत गरेका छन्। दोस्रो स्थानमा भने बार्साका सुपरस्टार मेस्सी रहेका छन्।

रोनाल्डो, रोबर्ट लेवान्डोस्की, ह्यारी केन जस्ता खेलाडी स्ट्राइकरको रूपमा खेल्ने गर्छन् र सो खेलाडीहरूको नाम यो सुचीमा नहुनु अनौठो कुरा हुने छैन।

हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट फरवार्डहरूको पूर्ण सुची तल हेर्नुहोस:-

10. Marcus Rashford (Manchester United)

9. Raheem Sterling (Manchester City)

8. Son Heung-min (Tottenham)

7. Serge Gnabry (Bayern Munich)

6. Phil Foden (Manchester City)

5. Jadon Sancho (Borussia Dortmund)

4. Mohamed Salah (Liverpool)

3. Kylian Mbappe (Paris Saint-Germain)

2. Lionel Messi (Barcelona)

1. Neymar (Paris Saint-Germain)