“हाल रोनाल्डो बिना युभेन्टसलाई च्याम्पियन्स लिगमा क्वालिफाइ हुन पनि गार्हो हुन्छ”

रोनाल्डोलाई अन्द्रेस पिर्लोले शनिबार बेनेभिन्टोबिरुद्धको खेलमा आरम दिने निर्णय गरेका थिए । सो खेल १-१मा अन्त्य भए पछि फुटबल पंडित स्टेफानो डिस्क्रेतीले क्लबको प्रदर्शनको आलोचना गरे।

उनले बताए कि रोनाल्डो बिना युभेन्टस युरोपा लिग खेल्ने टिम जस्तो हुने छ। उनले क्लबको मिडफील्डको पनि निन्दा गरे र दावी गरे कि हालको मिडफील्ड १० बर्षमा सबैभन्दा कमजोर रहेको छ ।

“रोनाल्डो नभएमा, विशेष गरी यस टोलीले सम्भवतः च्याम्पियन्स लिगमा पुग्नको लागि पनि संघर्ष गर्ने छ। टिममा गुण र मात्राको कमि स्पष्ट भएको छ।

“यो वर्ष सायद पछिल्लो १० बर्षमा सबभन्दा कमजोर युभे मिडफील्ड हो। “तीन वर्षको स्थानान्तरण बजारमा गलत निर्णयको परिणाम रहेको छ क्लबले आर्थिक सम्झौतामात्र गरेको छ टिम बलियो गर्ने वास्तविक आवश्यकता रहेकोमा आर्थिक लाभमा मात्र क्लब केन्द्रित भएको छ।”