हाल रियल म्याड्रिडका कुनै खेलाडीले पनि ४ नम्बरको जर्सी नलिने

रियल म्याड्रिडका स्टार कप्तान सर्जियो रामोसको क्लबबाट प्रस्थान पछि उनले लगाउने ४ नम्बरको जर्सी हाल अन्य खेलाडीहरूको लागि उपलब्ध रहे पनि कुनै खेलाडीले सो जर्सी नलिने भएको छ।

रियलका स्टार सेन्टर ब्याकले क्लब सँग नयाँ सम्झौता गरेनन् र दुई बिच सम्झौता विस्तारको धेरै वार्ता भए पनि सो सफल नरहे पछि उनी फ्री एजेन्टको रुपमा पिएसजी गएका थिए। उनी क्लबमा एक लेजेण्ड खेलाडीको रुपमा रहेका थिए भने टिममा उनको धेरै सम्मान थियो भने हाल क्लबमा उनी अनुपस्थित हुँदा पनि टिम भित्र उनको लागि धेरै सम्मान रहेको देखिन्छ।

उनले धेरै समय देखि क्लबमा ४ नम्बरको जर्सीमा खेले भने रियलको उक्त जर्सीले नै धेरैलाई रामोसको याद गराउने गर्छ भने हाल उक्त जर्सी नम्बर अन्य खेलाडीहरूको लागि उपलब्ध रहे पनि कोही खेलाडीले पनि सो जर्सी लगाउने बारे कुरा नगरेको जानकारी छ।

क्लबमा जर्सीको नम्बर पनि नयाँ खेलाडीको लागि धेरै महत्त्वपूर्ण कुरा हुने गर्दा छ खेलाडीहरू आफूलाई मन पर्ने जर्सी लगाउन चाहन्छन् भने क्लब भित्र जर्सी नम्बरको कुरामा टिम-मेटहरू बिच विवाद भएको धेरै घटनाहरू रहेको बेला रियलका खेलाडीहरूले भने रामोसको जर्सीलाई हाल खालि राख्ने निर्णय लिएका छन्।