“हाल म भन्दा क्रिस्टियानो रोनाल्डो छिटो छन्”

युसैन बोल्ट विश्वास गर्दछन् क्रिस्टियानो रोनाल्डो र उनि बीचको दौडमा रोनाल्डोले जित्ने छन्। जमैकनले २००९मा एथलेटिक्स च्याम्पियनशिपमा २००मिटरको दौड रेकर्ड १९.१९ सेकेन्डमा पुरा गरेका थिए र २०१७मा उनि रिटायर भएका हुन्।

उनि एक फुटबल फ्यान पनि हुन् र हाल उनले युभेन्टसका सुपरस्टार रोनाल्डोको प्रशंसा गरेका छन् र हालको समय रोनाल्डो आफु भन्दा पनि तेज रहेको उनको विश्वास रहेको छ।

“निश्चय पनि क्रिस्टियानो [म भन्दा छिटो छन्],” बोल्टले मार्का स्पोर्ट वीकेंडलाई भने।

“उनि हरेक दिन मिहिनेत गर्छन, उनि एक सुपर एथलिट हुन्।

“उहाँ सँधै आफ्नो खेलको शीर्षमा हुने गर्छन, उहाँ कडा मेहनत गर्नुहुन्छ र उहाँको ध्यान केन्द्रित हुने गर्छ। अहिल्यै म निश्चित छु कि उहाँ म भन्दा छिटो हुनुहुनेछ।