“हाल ज्याक ग्रेलीश प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्”

वेस्ट ह्यामका प्रबन्धक डेभिड मोयेसले एस्टोन भिल्ला विरुद्ध खेल अघि भिल्लाका स्टार ज्याक ग्रेलीशको प्रशंसा गरेका छन् भने उनी हाल लिगको सबैभन्दा उत्कृष्ट खेलाडी रहेको उनको दाबी छ।

प्रिमियर लिगमा बुधवार राती वेस्ट ह्यामले एस्टोन भिल्लाको सामना गर्ने छ र सो खेल अघिको पत्रकार सम्मेलनमा ज्याक ग्रेलीश प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट खेलाडी रहेको वेस्ट ह्यामका प्रबन्धकले दाबी गरे।

हाल लिगमा ज्याक ग्रेलीशको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने उनको नाम अर्सेनल र म्यान्चेस्टर युनाइटेड जस्तो क्लब संग पनि जोडिएको छ।

वेस्ट ह्यामका कोच मोयेसले उनलाई हाल “लिगमा सर्वश्रेष्ठ खेलाडी” भनेर सम्बोधन गरेका छन्।