‘हाल्यान्ड चेल्सीमा जाने छैनन्, उनले ‘ठुलो’ क्लब छनौट गर्ने छन्’

बोरुसिया डोर्ट्मुण्डका स्टार स्ट्राइकर एर्लिङ हलायन्डको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने उनलाई साइन गर्न इच्छुक क्लबहरूको सुची धेरै ठुलो रहेको छ। हाल्यान्डले यस सिजनमा क्लब र देशका लागि ३१ खेलमा अविश्वसनीय ३३ गोल गरेका छन्, धेरै क्लबहरू उनलाई साइन गर्न इच्छुक छन् र मात्र १० क्लब उनलाई साइन गर्न सक्षम रहेको, उनको एजेन्ट मिनो राइओलाले दाबी गरेका थिए।

प्रिमियर लिग क्लब चेल्सीले उनलाई साइन गर्न सक्ने धेरै चर्चाहरू रहेको बेला जर्मन स्पोर्ट्स मिडिया सपोर्ट बिल्डले उनी चेल्सीमा नजाने दाबी गरेका छन्।

तर स्पोर्ट बिल्डका अनुसार, हाल्यान्डले आफ्नो सम्भावित गन्तव्यलाई ६ वटा क्लबमा सीमित गरिसकेका छन्। लिभरपुल, म्यान सिटी र युनाइटेड रियाल म्याड्रिड, बार्सिलोना र युभेन्टस मात्र उनको सूचीमा रहेको बिल्डको दाबी छ।

स्पोर्ट बिल्डका अनुसार हाल्यान्ड केवल ‘एक शीर्ष क्लब’ मा सम्मिलित हुन चाहन्छन्, र उनको योजनामा चेल्सी छैन। चेल्सी उनलाई साइन गर्न ठुलो रकम खर्च गर्न तयार रहेको कुरा थियो तर यो खबरले चेल्सीका मालिक रोमन अब्रामोविचलाई पक्कै पनि खुसी पार्ने छैन।