हाल डर्टमन्डको खराब फम जारी रहेको छ। होफेनहाइम विरुद्ध २-२को बराबरी खेल अन्य भए पछि हाल डर्टमन्ड लिगको छैटौँ स्थानमा रहेको छ।
Things got heated after Erling Haaland scored while a Hoffenheim player was down with an injury. pic.twitter.com/9QRv9BeKE7
— ESPN FC (@ESPNFC) February 13, 2021
डर्टमन्डको खराब नतिजा आउने क्रम जारी रहे पनि डर्टमन्डका स्टार एर्लिङ हालान्डको गोल स्कोरिंग रेकर्ड रोकेको छैन। हालान्डले होफेनहाइम विरुद्ध गोल गरे भने उनको गोल पछि होफेनहाइमका सेन्टर ब्याक पोस्च सँग उनको केहि तनाव हुन पुगेको थियो र सो घटनाको हाल धेरै चर्चा हुँदै गरेको छ।
Erling Haaland rescues a point for @BlackYellow against @tsghoffenheimEN 🙏#BVBTSG Highlights 🎥 pic.twitter.com/8pCBpi8L6z
— Bundesliga English (@Bundesliga_EN) February 13, 2021
होफेनहाइमका खेलाडी दब्बुर चोट ग्रसित देखिन्थे र होफेनहाइमका खेलाडीले बल बाहिर पठाएनन् र खेल जारी राखे।
होफेनहाइमको पासलाई विफल गर्दै हालान्डले बल अघि लाग्दै गोल गरे। सो हालान्डको सो गोलबाट होफेनहाइमका खेलाडीहरू खुसी थिएनन् र होफेनहाइमका स्टेफन पोस्च हालान्ड सँग विवाद गर्न पुगे र दुई बिच केही तनाव भएको देखिन्थ्यो।
पक्कै पनि त्यो हालान्डको गल्ती थिएन र खेल जारी राख्ने होफेनहाइमका खेलाडीहरूको निर्णय थियो।