‘हालान्ड र डी लिग्त बार्साको प्राथमिकता’

युभेन्टसका स्टार डिफेन्डर डी लिग्त र डर्टमण्डका स्टार हालान्ड साइन गर्न बार्सा इच्छुक रहेको खबर छ। पुर्व आयाक्स स्टार साइन गर्न बार्सा धेरै समय अघि देखिनै इच्छुक रहे पनि उनि युभेन्टस गएका थिए।

२०१८/२०१९ सिजनको च्याम्पियन्स लिगमा आयाक्सको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र डी लिग्तको सो टिममा निकै ठुलो भूमिका रहेको थियो। बार्साले उनको टिम मेट फ्रेन्की डे जोङ्ग साइन गरे भने डी लिग्त साइन गर्न बार्सा असफल रहेको थियो। हालान्डको पनि डर्टमण्डमा उत्कृष्ट खेल जारी रहेको छ।

हाल खबर अनुसार बार्सा अझै उनलाई साइन गर्नेमा इच्छुक छन्। डच कोच कोम्यान उक्त डच डिफेन्डरका फ्यान हुन् र दुई युवा स्टारहरुलाई क्लबमा भित्राउने समर्थनमा बार्सिलोनाका अध्यक्ष उम्मेद्वार जोयन लापोर्ता रहेका छन्।


बार्सिलोनाका अध्यक्ष आफु बने हालान्ड र डी लिग्त क्लबको प्राथमिकता हुने लापोर्ताले बताए। डी लिग्त हाल युभेका एक महत्त्वपूर्ण खेलाडी रहेका छन् भने हालान्ड साइन गर्न धेरै क्लबहरु इच्छुक रहेका छन्। बार्साको वर्तमान आर्थिक अवस्था पनि धेरै राम्रो रहेको छैन सो कारण यी दुई स्टार साइन गर्न बार्सालाई पक्कै पनि गार्हो हुन सक्ने छ।