हालान्ड माथि कारबाही हुन सक्ने 

आइतबार प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनह्याम विरुद्ध खेलेको थियो भने अन्तिम समयमा खेल निकै विवादास्पद बन्न पुगेको थियो ।

खेलको अन्तिम समयमा सिटीका स्टार स्ट्राइक हालान्ड माथि फाउल भएको थियो तर रेफ्रीले खेलमा एडवानटेजको सङ्केत गरे पछि पनि रोके पछि सिटीका खेलाडीहरु खुसी थिएनन् भने उक्त क्षण पछि रेफ्री प्रति सिटीका खेलाडीहरुको व्यवहारको कारण अंग्रेजी फुटबल सङ्घ (एफए)ले कारबाही गर्न सक्ने जानकारी छ।

सिटीका स्टार स्ट्राइक हालान्ड रेफ्री सँग धेरै आक्रोशित थिए भने खेल पछि उनले उक्त क्षणको भिडियो ट्विटरमा पोस्ट गर्दै रेफ्री माथि फेरी प्रश्न गरे पछि हाल रिपोर्ट अनुसार उनी माथि अंग्रेजी फुटबल सङ्घ (एफए)ले उनी माथि कारबाही गर्न सक्ने जानकारी छ।

 

खेलमा रेफ्रीलाई खेलाडीहरूले घेर्नुको विरुद्ध एफए धेरै समय देखि रहेको छ भने आर्सनल र म्यानचेस्टर युनाइटेड जस्तो क्लबहरूलाई एफएले सो किसिमको व्यवहारको लागि कारबाही गर्दै जरिवाना तिराएको छ।

उक्त खेल भने ३-३मा अन्त्य भएको थियो। खेलको इन्जुरी समयमा सिटीले स्पर्सको फाउलमा एडवानटेज खेल्दै गोल गर्ने मौका पाएको थियो तर रेफ्रीले खेल रोके पछि उक्त खेल विवादास्पद बन्न पुगेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ