२०२२/२३ सिजनको दुई सफल खेलाडी पक्कै पनि लियो मेस्सी र हालान्ड रहे भने यो वर्षको बलोन डि’ओरको लागि पनि दुई बिच प्रतिस्पर्धा हुने निश्चित रहेको बेला दुई मध्ये कसको २०२२/२३ सिजन उत्कृष्ट रह्यो भनेर हामीले विश्लेषण गर्न सक्छौ।
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो सिजनको च्याम्पियन्स लिग जित्दै आफ्नो ट्रेबल पुरा गरे पछि क्लबका स्टार स्ट्राइकर एर्लिंग हालान्डको नाम धेरै चर्चामा परेको छ। सिटीमा आफ्नो पहिलो सिजन मै स्टार स्ट्राइकर हालान्डको प्रदर्शन निकै उत्कृष्ट रह्यो र उनले सिटीलाई प्रिमियर लिग, एफ ए कप र च्याम्पियन्स लिग जिताउन मद्दत गरे।
हालान्डको व्यक्तिगत तथ्याङ्क हेर्ने हो भने उनले २२/२३ सिजनमा ५३ खेलमा ५२ गोल र ९ असिस्ट गरे। उनले प्रिमियर लिगमा ३५ गोल गर्दै गोल्डन बुट जिते भने च्याम्पियन्स लिगको पनि गोल्डन बुट जित्न ११ गोल गरे।
हालान्डले व्यक्तिगत अवार्डको रुपमा प्रिमियर लिगको प्ल्यर अफ द यर, यांग प्ल्यर अफ द यरको अवार्ड पनि जितेका छन्।
२०२२/२३ सिजन फुटबल लेजेण्ड मेस्सीको लागि पनि निकै उत्कृष्ट रह्यो उनले अर्जेन्टिनालाई २०२२को फिफा विश्वकप जिताउन मद्दत गरे जुन विश्व फुटबलकै सबैभन्दा ठुलो उपाधि रहेको छ।
क्लब स्तरमा पनि उनको तथ्याङ्क निकै प्रभावशाली रहेको छ। उनले पिएसजीको साथ फ्रेन्च लिग उपाधि र फ्रेन्च सुपर कप पनि जितेका छन्। मेस्सीको व्यक्तिगत तथ्याङ्क हेर्ने हो भने उनले २२/२३ सिजनमा ४८ खेलमा २८ गोल र २३ असिस्ट गरे। उनले फ्रेन्च लिग वानमा १६ गोल र १६ असिस्ट गर्दै पिएसजीलाई लिग जिताउन मद्दत गरे।
२०२२को फिफा विश्व कपमा पनि उनको तथ्याङ्क धेरै उत्कृष्ट रहेको छ। विश्व कपमा उनले ६९० मिनेट खेले र सो क्रममा उनले ७ गोल र ३ असिस्ट गर्दै फिफा वर्षको उत्कृष्ट खेलाडी र लाउरेस स्पोर्ट्सम्यान अफ द यर जस्तो व्यक्तिगत अवार्डहरू पनि पाए ।
२०२२/२३ सिजनमा मेस्सी र हालान्डको क्लब र राष्ट्रिय टिमको पूर्ण तथ्याङ्क तल हेर्न सक्नु हुने छ:-
तथ्याङ्क | मेस्सी | हालान्ड |
---|---|---|
खेल | ५३ | ५५ |
गोल | ३७ | ५३ |
असिस्ट | २५ | ९ |
कुल गोल र असिस्ट | ६२ | ६२ |
व्यक्तिगत अवार्ड | ४ | ५ |
उपाधिहरु | फिफा विश्वकप, लिग १, फ्रेन्च सुपर कप | प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप |