युवा स्ट्राइकर एर्लीङ हालान्ड यस समयमा युरोपको सबैभन्दा चर्चित खेलाडी हुन् – जनवरीमा रेड बुल साल्जबर्गबाट डर्टमुन्डमा सम्मिलित भए पछि उनको स्कोरिंग दर कम भएको छैन।
म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओले गुन्नर सोल्सकरले उनलाई आफ्नो टिममा साइन गर्न प्रयास गरेका थिए तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै जर्मनीमा गए र आफ्नो पहिलो चार खेलमा आठ गोल गर्दै सनसनीखेसन क्यारियर सुरु गरेका छन्।
“Do I think he will play in England one day? Of course he will.”
Dortmund for now, but we could see Erling Braut Haaland in the Premier League one day.
More: https://t.co/kKFMgXhgKQ pic.twitter.com/zPpY2LAaDz
— BBC Sport (@BBCSport) February 6, 2020
मिडल्सबरो र शेफिल्ड युनाइटेडका पुर्व स्ट्राइकर जान-एज फजोर्टोफ्टले बीबीसी रेडियो संग कुरा गर्दै भने “धेरैले उनले यस्तो खेल्ने कल्पना गरेको जस्तो मलाई लाग्दैन। ”
“उनीले पाएका जति पनि अवसरहरुमा उनि स्कोर गर्दै छन। उनी उज्ज्वल भएका छन् र हामी फुटबलले पाएको ठूलो सम्भावना मध्ये एक हुन् उनि।
“हामी नबिर्सौं उनि मात्र १९ वर्षका हुन्। म फुटबल क्यारियरलाई शिक्षासँग सधै तुलना गर्दछु। तपाईं पहिला राम्रो उच्च माध्यमिक विद्यालयमा जानु हुन्छ र पछि कलेज जाने प्रयास गर्नुहुन्छ। हाल उनि सबैभन्दा उत्तम कलेजमा छन् जुन डर्टमुन्ड हो। ”
“Waking up after a hat-trick on his debut, it is great to wake up in Dortmund, not a Manchester, not a Turin.”
Is Dortmund the right place for Erling Braut Haaland? Will he end up in England one day?
More: https://t.co/XDPl07u9Kw pic.twitter.com/07whAVL9RM
— SportsGridUK (@Sportsgriduk) February 7, 2020
“उनले सुधार गर्न सक्छन र उनलेसुधार गर्नुपर्दछ, त्यसैले उनि साल्जबर्ग गए युभेन्टस होइन किनभने साल्जबर्गमा युवा खेलाडीहरूलाई शिक्षित गर्ने उत्तम तरिका छ।
“डर्टमुन्ड युवा खेलाडीको लागि आफ्नो क्यारियर को प्रगति गर्ने राम्रो क्लब हो।
“के मलाई लाग्छ उनि एक दिन इंग्ल्याण्डमा खेल्ने छन्? यो अवश्य हुने छ। इंग्ल्याण्डमा उनको जन्म भएको थियो तर यस समयमा डर्टमुन्डउनको लागि उत्तम स्थान हो।”