प्रिमियर लिगमा उपाधि दाबेदार म्यानचेस्टर सिटी आफ्नै होममा ब्रेटफोर्ड विरुद्ध स्तब्ध भएको थियो भने ब्रेटफोर्डका कोच थोमस फ्रैंकले सिटीका स्टार हालान्डलाई रोक्ने आफ्नो रणनीति सफल भएको दाबी गरेका छन्।
Thomas Frank reveals Brentford’s blueprint to stop Erling Haaland in their shock win at Man City | @Jack_Gaughan https://t.co/3QWf5YY31V
— MailOnline Sport (@MailSport) November 12, 2022
शनिवार भएको खेलमा ब्रेटफोर्डले सिटीलाई २-१ले पराजित गरेको थियो भने उक्त खेलमा सिटीका स्टार हालान्ड गोल विहीन रहे भने यो सिजन लिगमा हालान्डलाई गोल गर्नबाट रोक्न सफल हुन् ब्रेटफोर्ड केवल दोस्रो टिम रहेको छ भने ब्रेटफोर्डका कोचले सो वारे आफ्नो रणनीतिको कुरा गरेका छन्।
“मलाई साँच्चै आशा थियो कि सिटीले हालान्डलाई टिममा राख्ने छ भनेर किनभने हालान्डको खेलेको सिटी विरुद्धको जित निकै ठुलो जित हुने थियो” – ब्रेटफोर्डका कोच थोमस फ्रैंकले खेल पछिको पत्रकार सम्मेलनमा भने।
🗣️ “We were playing against the best team potentially in the world. They came with their strongest lineup. I said to the boys I really hope they play Haaland because it will only be a really big win with Haaland in the line up.
Thomas Frank on his sides win over Man City. 🐝 pic.twitter.com/vNC2RUQivl
— Football Daily (@footballdaily) November 12, 2022
“हामीसँग खेल योजना थियो र यो निश्चित रूपमा सफल भयो। हामीले [केभिन] डे ब्रुयनालाई रोक्ने वारे सचेत हुन खोज्यौँ, खतरनाक क्षेत्रमा उनीसँग धेरै कम पटक बलहरू थियो।
“हामी बक्समा हालान्डको बारेमा धेरै सचेत थियौँ र मलाई लाग्छ कि हामीले उनलाई एक पटक मात्र मिस गर्यौँ जब उनी बेन मीको पछाडि गए – सम्पूर्ण टोलीले शानदार प्रदर्शन गर्यो तर विशेष गरी तीन सेन्टर-ब्याकले। हाम्रो प्रदर्शन धेरै प्रभावशाली थियो।”
१-१को बराबरीको स्कोरमा रहेको बेला ९८औँ मिनेटमा ब्रेटफोर्डका इवान टोनीले काउन्टरमा गोल गर्दै ब्रेटफोर्डलाई सिटीकै होममा जित दिलाएका थिए।
सिटी हाल लिगको दोस्रो स्थानमा रहेको छ। १४ खेलमा १० जित, २ हार र २ बराबरी खेलेको सिटीले ३२ अंक जम्मा गरेको छ भने शीर्ष स्थानमा रहेको आर्सनल सँग सिटीको २ अंकको दुरी कायम रहेको छ।