प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडविरुद्ध ३-१को जित हासिल गरे पछि सिटीका स्टार स्ट्राइकरले हाल लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई चेतावनी दिएका छन्।
🗣️ “Arsenal are at the top, we must hunt them.”
– Erling Haaland pic.twitter.com/FthquKvxAA
— Barstool Football (@StoolFootball) December 28, 2022
सिटीको जित पछि हाल आर्सनल र सिटी बिच ५ अंकको दुरी रहेको छ र सो बाबजुद यो वर्षको लिग पनि सिटीले जित्ने र सिटीले आर्सनलको सिकार गर्ने र लिगको उत्कृष्ट टोली को हो भनेर देखाउने दाबी गरेका छन्।
“आर्सनल शीर्ष स्थानमामा छ, हामीले आर्सनलको सिकार गर्नु पर्छ।”- लिड्स युनाइटेडविरुद्ध दुई गोल गरेका हालान्डले बताए।
“अब हामीले लिगको उत्कृष्ट टोली को हो भनेर देखाउनुपर्छ। मेरो लक्ष्य छ, तर म भन्न सक्दिन। मैले ड्रेसिङ रुममा भर्खरै भनेँ कि मैले आज पाँच गोल गर्न सक्थेँ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले जित्नु हो।
Erling Haaland: “Arsenal, we have to hunt them…” [via @primevideosport]
— City Xtra (@City_Xtra) December 28, 2022
यो वर्ष सिटीमा आएका स्टार स्ट्राइकर हालान्डले लीड्स युनाइटेड विरुद्ध ३-१को जित हासिल गर्दै यो सिजन आफ्नो २० गोल पुरा गरेका छन्।
सिटी सँगको आफ्नो पहिलो सिजनमै उत्कृष्ट फममा रहेका हालान्ड लिग जित्न चाहन्छन् र हाल लिग लिडरको रूपमा रहेको आर्सनललाई पछि पार्नेमा उनी विश्वस्त रहेका छन्।