हालान्डको यस्तो अविश्वसनीय मिस

इङ्लिस कम्युनिटी सिइल्डको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको सामना गरेको थियो भने सो खेल लिभरपुलले ३-१ जितेको थियो भने उक्त खेलमा सिटीका नयाँ स्टार हालान्डको मिस हाल चर्चाको विषय बनेको छ।

स्टार स्ट्राइकर हालान्ड उत्कृष्ट युवा स्ट्राइकर मध्ये एक रहेका छन् भने सिटीमा उनले धेरै गोल गर्ने सबैको विश्वास रहेको थियो तर लिभरपुल विरुद्ध उक्त खेलमा हालान्ड गोल विहीन रहे भने डि-बक्स भित्र उनले निकै अविश्वसनीय मिस पनि गरे।

खेलको इन्जुरी समयमा सिटी ३-१ले पछि रहेको बेला फिल फोडेन प्रहार गरेको उत्कृष्ट शत लिभरपुलका गोलकिपरले बचाएका थिए तर त्यो बल रिबाउन्दमा डि-बक्स भित्र हालान्डले पाए र उनि संग गोल गर्ने निकै सजिलो मौका रहेको थियो तर उनको प्रहार पोस्ट भन्दा धेरै माथि गएको थियो।

हालान्डको उक्त अविश्वसनीय मिस हाल धेरै भाइरल हुँदै गएको छ भने प्रिमियर लिगमा उनले राम्रो प्रदर्शन गर्न सक्ने वा नसक्ने भने प्रश्न पनि आउन सुरु भएको छ।

किङ पावर स्टेडियममा भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

खेलको २१ औँ मिनेटमा एलेक्स्यान्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको थियो । ७० औँ मिनेटमा अल्भारेजले गोल गर्दै खेल बराबरीमा ल्याए । सालाहले ८३ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाउन सफल भयो ।

खेलको अन्तिम मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ