हालान्डका दुई विकल्प चेल्सी द्वारा पहिचान

एजेन्सी, इङलिस क्लब चेल्सीको यो ट्रान्सफर सिजन जर्मन क्लब बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी अर्लिङ हालन्ड भित्र्याउने योजनामा ठुलो धक्का पुगे पछि चेल्सीले हालान्डको विकल्पको रुपमा दुई खेलाडी पहिचान गरेका छन्। रिपोर्टका अनुसार चेल्सीले जर्मन क्लब स्टुट्गार्टका सासा कलाइड्जिच र अर्का जर्मन क्लब बायन म्युनिखका स्टार फर्वार्ड रोबर्ट लेवान्डोस्कीलाई हालान्डको विकल्पको रुपमा पहिचान गरेका छन्।

बिगत केही दिन देखि चेल्सीले हालन्ड भित्र्याउन प्रयास गरेता पनि डोर्टमण्डले यो ट्रान्सफर सिजन उनलाई नबेच्ने प्रष्ट पारे पछि लेवान्डोस्की चेल्सीको मुख्य प्राथमिकता हुन पुगेको देखिन्छ। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिडका साथै अन्य क्लबहरु पनि लेवान्डोस्कीलाई भित्र्याउन इच्छुक छन्।
३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्की सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भएका थिए। बायनमा अनुबन्धित भए देखि उनले क्लबका लागी ३२९ खेलमा २९४ गोल गरेका छन्। २४ वर्षका अस्ट्रियन खेलाडी कलाइड्जिचले भने स्टुट्गार्टका लागि ४२ खेलमा १८ गोल गरेका छन्।