गर्मीको ट्रान्सफर विन्डो खुल्न नजिक रहेको छ र सो विन्डोमा नर्वेका युवा प्रतिभा हालाण्डमा धेरै क्लबहरूको नजर हुने छ।
Chelsea ‘ready to offer Timo Werner as makeweight’ to seal Erling Haaland movehttps://t.co/XJiacEMKfb pic.twitter.com/nAHUEU0p0h
— Mirror Football (@MirrorFootball) March 16, 2021
रियल म्याड्रिड, बार्सिलोना, म्यान सिटी, चेल्सी र अन्य धेरै क्लबको निगरानी उनीमा रहेको छ। हाल खबर अनुसार प्रिमियर लिग क्लब चेल्सी उनलाई क्लबमा भित्राउन धेरै इच्छुक छन्। उनलाई साइन गर्न धेरै प्रतिस्पर्धा रहेको छ खबर अनुसार चेल्सी उनलाई साइन गर्न ठुलो रकम र आफ्नो स्टार स्ट्राइकर टिमो वार्नर दिन तयारे हुने छ।
हालाण्डको खेल निकै राम्रो रहेको छ भने चेल्सीका मालिक रोमन अब्रामोभिच उनको फ्यान रहेको पनि चर्चा छ।
सिजनको अन्त्यमा उनलाई बेच्न डर्टमन्डले £१२० मिलियन सम्मको माग गर्ने जानकारी रहेको बेला चेल्सीले सो रकम केही कम गर्न आफ्नो जर्मन स्ट्राइकर टिमो वार्नरलाई सो सम्झौतामा राख्ने योजना बनाएको खबर छ।
Chelsea are exploring the option of a putting a part-exchange deal in place for Erling Haaland.
The Blues are willing to send Timo Werner to Borussia Dortmund, allowing with a large sum of cash, in order to bring a prolific Norwegian frontman onto the… https://t.co/73NcnJBVXr pic.twitter.com/rmSraBbmXx
— FootHub (@foothub_english) March 16, 2021
टिमो वार्नरको खेल चेल्सीमा सोचेको जस्तो हुन सकेको छैन भने उनी प्रिमियर लिगमा सङ्घर्ष गर्दै छन्। उनले क्लब छोड्ने चर्चा हुँदै गर्दै चेल्सीले उनलाई हालाण्ड साइन गर्न प्रयोग गर्ने सक्ने कुरा रहेको छ।