हालाण्ड भित्राउन योजना विफल हुँदै गए पछि आफ्नो पूर्व खेलाडीमा चेल्सीको नजर

च्याम्पियन्स लिग विजेता चेल्सी हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ र यो विन्डोमा अर्लिङ हालाण्ड भित्राउने चेल्सीको लक्ष्य रहे पनि हाल उक्त ट्रान्सफर असफल हुने देखा परेको छ।

नयाँ कोच थोमास टुचेलको नेतृत्वमा चेल्सीमा स्ट्राइकरको कमी देखा परेको छ र सो कुरालाई ठिक गर्न चेल्सीले अर्लिङ हालाण्डलाई साइन गर्ने योजना बनाएको थियो तर चेल्सीको प्रस्ताव डर्टमण्ड अस्वीकार गर्दै आएको छ जसको कारण हाल चेल्सीले आफ्नो ध्यान अन्य विकल्प तिर्न लग्न बाध्य भएको छ।

हालाण्डलाई साइन गर्ने प्रयास असफल हुँदै गए पछि हाल चेल्सीले आफ्नो नजर आफ्नो पूर्व खेलाडी रोमेलु लुकाकु राखेको जानकारी छ।

 

नयाँ स्ट्राइकरको खोजीमा रहेको चेल्सीले केही खेलाडीको सुची तयार गरेको थियो जसमा अर्लिङ हालाण्ड, ह्यारी केन, रोबर्ट लेवान्डोस्की र लुकाकु जस्ता खेलाडीहरूको नाम रहेको थियो। अर्लिङ हालाण्ड, ह्यारी केन, रोबर्ट लेवान्डोस्की जस्ता खेलाडीहरू सँग चेल्सीको वार्ता असफल हुँदै गए पछि हाल चेल्सीको नजर लुकाकुमा रहेको खबर छ।

इन्टर मिलानमा लुकाकुको निकै राम्रो प्रदर्शन रहेको थियो भाने उनको मद्दतमा इन्टरले लिग पनि जितेको थियो।

आर्थिक समस्याको कारण इन्टरले आफ्नो स्टार खेलाडीहरू बेच्न सक्ने चर्चा हुँदै गर्दा लुकाकुलाई पनि इन्टरले बेच्न सक्ने सम्भावना रहेको बेला उनलाई साइन गर्ने चेल्सीले चासो देखाएको छ।