हालाण्डले सेभियाविरुद्ध नखेल्ने

एजेन्सी । म्यान्चेस्टर सिटिका मुख्य प्रशिक्षक पेप गुवार्डिओलाले स्ट्राइकर एर्लिङ हालाण्डले च्याम्पियन्स लिगका अन्तिम समुह चरणका खेल गुमाउने पुष्टि गरेका छन् ।

उनले बुधबार प्रेस कोन्फ्रेन्समा हालाण्डले सेभियाविरुद्धको खेलमा चोटका कारण नखेल्ने बताएका हुन् ।

सिटिले सेभियासंग खेल्नु अगाडि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरिसकेको छ ।

गत साता च्याम्पियन्स लिगमा बोरुसिया डोर्ट्मुण्डविरुद्धको खेलमा हालाण्डको खुट्टामा चोट लागेको थियो ।

गुवार्डिओलाले नर्वेजियन स्ट्राइकर फुल्हमसंगको खेलका लागि उपलब्ध हुन सक्ने बताएका छन् ।

हालाण्ड जारी सिजन उत्कृष्ट लयमा देखिन्छन् । उनले सिटिका लागि सबैखाली प्रतियोगितामा गरेर १६ खेलमा २२ गोल गरिसकेका छन् ।