हालाण्डलाई सिटीले साइन गर्न सक्ने बारे पेप गार्डियोला यस्तो भने

हाल नर्वेका युवा प्रतिभा हालाण्डमा धेरै क्लबहरूको नजर छ। गर्मीको ट्रान्सफर विन्डो खुल्न नजिक रहेको छ र उनको नयाँ क्लब बारे धेरै चर्चा हुने गरेको छ भने प्रिमियर लिग क्लब म्यान सिटी उनको नयाँ क्लब हुन सक्ने धेरैको विश्वास छ।

रियल देखि प्रिमियर लिग कै चेल्सी र म्यान्चेस्टर युनाइटेड उनलाई भित्राउन इच्छुक रहेको बेला सिटी मुख्य दाबेदार हुन सक्ने चर्चा बारे कोच पेप गार्डियोलाले बोलेका छन्।

“उहाँ अहिले आफ्नो उमेरमा संसारमा सबैभन्दा राम्रो स्ट्राइकर मध्ये एक हुन्। पेपले हालाण्डको प्रशंसा गर्दै उनी माथि सिटीको नजर रहेको कुरा प्रस्ट गरे।

“के उनलाई हामी उसलाई म्यानचेस्टर सिटीमा चाहन्छौँ? तपाईँ बुझ्नुहुन्छ म यस प्रश्नको उत्तर दिन सक्दिन।

उनी डार्टमन्डका खेलाडी हुन्, त्यसैले म केही भन्न सक्दिन”।

हालाण्डको खेल निकै राम्रो रहेको छ भने सिटीले उनको लागि ठुलो खर्च गर्न सक्ने चर्चा छ।

सिजनको अन्त्यमा उनलाई बेच्न डर्टमन्डले £१२० मिलियन सम्मको माग गर्ने जानकारी रहेको बेला सिटीले उनलाई आफ्नी स्टार स्ट्राइकर सर्जियो अगुरोको विकल्पमा साइन गर्न सक्ने जानकारी छ।