हालरको डर्टमुण्डमा पुनरागमन

एजेन्सी । बोरुसिया डर्ट्मुण्डको स्ट्राइकर सबेस्टियन हालार फुटबलमा पुनरागमन गरेका छन् । उनले मंगलबार फोरट्युना डुसलडफसंगको मैत्रीपुर्ण खेलमा फुटबलमा फर्केका हुन् ।

उनी विगत ६ महिना देखि अण्डकोष क्यान्सरको उपचार गराउदै आएको छ ।

गत जुलाईमा हालर आयाक्सबाट डर्टमुण्ड अनुबन्ध भएको थियो । तर, क्लबसंग आवद्ध भएको दुई हप्तामा उनको स्वास्थ्यमा समस्या देखा परेको थियो ।

मेडिकल प्रशिक्षण गर्ने क्रममा उनको अण्डकोषमा ट्युमर भए पछि शल्यक्रिया गर्नु परेको थियो ।

हालरले बुन्डेसलिगा खेलमा फर्किने योजना बनाएको छ । डर्टमुण्डले जनवरी २२ मा अस्बर्गसंग खेल्दैछ ।