हालन्ड प्रेमियर लिगमा आउने वेङ्गरको दावी

एजेन्सी, जर्मन क्लब बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी अर्लिङ हालन्ड प्रेमियर लिगमा आउने इङलिस क्लब आर्सनलका पुर्व प्रशिक्षक आर्सिन वेङ्गरले दावी गरेका छन्। रिपोर्टका अनुसार थुप्रै युरोपेली क्लबहरु उनलाई भित्र्याउन इच्छुक रहेता पनि उनी प्रेमियर लिगमा आउने वेङ्गरको दावी रहेको छ।

रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड, पि.एस.जि जस्ता धेरै क्लबहरु उनलाई भित्र्याउन इच्छुक रहेका छन्। उनी २०१९ मा २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए।
२१ वर्षका युवा स्टार खेलाडी अर्लिङ हालन्डले डोर्टमण्डका लागि ६४ खेलमा ६३ गोल गरि सकेका छन्। रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ।